४ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


काठमाडौबाट ३८ लाख अवैध नगद सहित एक जना पक्राउ



३८ लाख नगद सहित काठमाडौंबाट एक जना पक्राउ परेका छन्। बुधबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २२ सुन्धाराबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।उक्त सूचना पछि परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो। उनको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ३४ बजे