८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


अवरुद्ध पृथ्वीरामार्ग एकतर्फी खुल्यो



मुग्लिन, असार २७ गते । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।

उहाँले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  १० : ३४ बजे