काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने प्रवक्ता डा.प्रकाशशरण महतले बताउनु भयो। उहाँका अनुसार समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मात्रै पार्टीबाट सरकारमा मन्त्री पठाइने छ ।
उहाँले प्रधानमन्त्रीले शपथ लिए पछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको बताउनु भयो।
प्रतिक्रिया