९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ



प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो।

उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् ।

यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो।

दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको बताउनु भयो ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ८ : १७ बजे