८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको समर्थनमा ओलीले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थन सहितको दाबी प्रस्तुत गरेका थिए ।

ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने र सोमबार बिहान ११ बजे शपथ गराउने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । सपथ लगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ९ : २२ बजे