२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एकै घरका दुई बालिकाको दहमा डुबेर मृत्यु



स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको हो । लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् ।

घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ८ : १४ बजे