८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिशुली दुर्घटना : बेपत्ता भएकाहरुको आफन्तलाई नि:शुल्क खाना र बास



काडमाडौँ । चितवनको सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका व्यक्तिहरूको आफन्तलाई नि:शुल्क खाना र बासको व्यवस्था गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिएको जानकारी दिनुभयो।

स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ। गत शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा दुई वटा बस बगाएको थियो।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँद गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बस पहिरोले त्रिशुलीमा बगाएको थियो।

घटना भएको तीन दिन बित्दा समेत दुई वटै बस फेला पर्न सकेको छैन।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ३ : ०५ बजे