काठमाडौँ, साउन १ गते । समाजवादी मोर्चाको बैठक बस्दै छ । आज अपराह्न ४ बजे नेकपा –एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोक नगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।
साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन ।
जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।
प्रतिक्रिया