३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एसिया कपको तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंकालाई हरायो



श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले ११० रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि भी बालासूर्याले ४ चौका सहित सर्वाधिक ३८ रन बनाइन् । आर नेर्थान्जलीले २६ र सेवान्दनीले १० रन बनाए ।नेपालका लागि बलिङमा कविता जोशीले सर्वाधिक ३ विकेट लिइन् । कृतिका मरासिनीले २ र कविता कुँवरले १ विकेट लिए ।

श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन् । नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते समुह चरणको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : ५२ बजे