१० कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सत्ता समीकरण फेरिएसँगै रोकियो न्यायाधीश नियुक्ति प्रक्रिया



सत्ता समीकरण फेरिए सँगै न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको छ । जिल्ला देखि सर्वोच्च अदालत सम्मका रिक्त न्यायाधीशको पदपूर्ति प्रक्रिया लम्बिएको छ । सर्वोच्च अदालतमा ४, उच्च अदालतमा १० र जिल्ला अदालतमा ३५ न्यायाधीशको दरबन्दी रिक्त छ ।

कांग्रेस–एमालेबीच समीकरण बनेसँगै तत्कालीन कानुनमन्त्री पदम गिरीले राजीनामा दिएकाले नियुक्ति प्रक्रिया रोकिन पुगेको हो । वर्तमान सरकारमा कानुनमन्त्रीको जिम्मेवारी अजय चौरासियाले पाउनुभएको छ ।

कतिपय उम्मेदवार बारे सुरु देखि नै गृहकार्य गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिन जाने देखिएको छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी १ लाख ६३ हजार मुद्दा फैसला हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ४१ बजे