५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


युरोकप २०२५ का लागि इंग्ल्यान्डको महिला फुटबल टिम छनोट



इंग्ल्यान्डको महिला फुटबल टिम स्विट्जरल्यान्डमा अर्को वर्ष हुने युरोकप २०२५ का लागि छनोट भएको छ । स्विडेनसँग गए राति गोल रहित बराबरी खेले सँगै इंग्ल्यान्डको महिला फुटबल टिम छनोट भएको हो ।

यस्तै, इटाली, स्पेन, फ्रान्स र जर्मनी समूह विजेता बनेर छनोट भएका छन् । इंग्ल्यान्डसँगै, डेनमार्क, आइसल्यान्ड, नर्वे र नेदरल्यान्ड्स समूह उपविजेता बनेर छनोट भएका छन् । आयोजकका रुपमा स्विट्जरल्यान्ड पनि छनोट भइसकेको छ ।

युरोकपमा छनोट हुने टिमको संख्या नौ पुगेको छ । अब बाँकी टिम भने प्ले अफबाट छानिने छन् । प्ले अफमा २८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ५२ बजे