संघीय संसद्की उपसभामुख इन्दिरा रानालाई अमेरिकी सरकाले भिषा दिन अस्वीकार गरेको छ । उपसभामुख रानाले आफू लगायत ६ जना युवाको नाम राखेर काठमाडौस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएकी थिइन् । तर,अमेरिकाले उनी सहित अन्य सबै जनालाई पनि भिसा दिन अस्वीकार गर्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध रहेका युवाहरुबाट मोटो रकम लिएर उपसभामुख मार्फत अमेरिका पठाउन खोजेको स्रोतले दावी गरेको छ । यसबारे सबै तथ्य छिट्टै सार्वजनिक हुने बुझिएको छ ।
राज्यबाट भिआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउने प्रचलन रहेको छ तर उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधै आफै पत्र लेखेर भिसाका लागि आवेदन दिएको दाबी गरिएको छ ।
यसअघि एनआरएनए युकेको निमन्त्रणामा गत मार्च २ तारिख लण्डन जान लाग्दा पनि राना मगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।
प्रतिक्रिया