१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सुदूरपश्चिममा फैलँदै डेङ्गु संक्रमण



सुदूरपश्चिम। सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको संक्रमण बढ्न थालेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट संक्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति संक्रमित भएका छन्।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असार देखि कात्तिक महिना सम्म यस रोगको जोखिम बढी हुने गरेको बताउनु भयो। असार देखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धि विकास भई संक्रमणको जोखिम बढी रहन्छ। त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ।

पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्ने गरेको छ। लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताउनु भयो।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : १२ बजे