८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिशूली दुर्घटना : अर्का एक यात्रुको शव फेला



चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ। भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा आज एक पुरुषको शव भेटिएको हो। शवको सनाखत हुन बाँकी छ।

यो सँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ, जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्। गत असार २८ गते बिहान नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बाहक बस बगाएको थियो। ६२ जना यात्रु सहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। अझै ४२ यात्रुको अवस्था अज्ञात छ र बस पनि भेटिएका छैनन्।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरिरहेका छन्।

वीरगञ्जबाट २७ यात्रु सहित काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट ३८ यात्रु लिएर रौतहटको गौर आउँदै गरेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ६ : ३७ बजे