ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो ।
पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पुर्याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार गाउँपालिका कार्यालय, सभा हल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमासमेत पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशु चौपाया तथा पन्छीहरू राखिएका गोठ, ग्वाली, खोरजस्ता संरचनामा पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन् । पहिरोले पुरेर केही पशुपन्छी मरेको हुनसक्ने गाउँपालिका उपाध्यक्ष रवीन साम्रा ९विकास०ले जानकारी दिनुभयो । यद्यपि, पहिरोले पुर्याएको क्षतिको यकिन विवरण आउनलाई समय लाग्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया