९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिशूली दुर्घटना : बेपत्ता मध्ये २ जना यात्रुको शव भारतीय भुमिमा फेला



सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिबार राति भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिनुभयो । यो सँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

असारको २८ गते बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका २९, सिमलतालमा पहिरो गएको थियो ।लेदो सहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४०५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।

दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : ४० बजे