९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सिमलतालमा पहिरोः भारतबाट ल्याइयो बस खोज्न प्राविधिक टोली



काठमाडौं । नारायणगढ मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ।

उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन्।

उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने छन् । असार २८ गते सिमलतालस्थित सिँदुरे खोलाको भेलबाढीमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन।

दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ। ३९ जना अझै बेपत्ता छन्।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : २५ बजे