९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालन



काठमाडौँ महानगरपालिका १३ स्थित सितापाइलामा नेपाली सेनाले पेट्रोल पम्प संचालनमा ल्याएको छ। सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन संचालनमा ल्याइएको नेपाली सेनाले जनाएको छ।

शुक्रबार उक्त पेट्रोल पम्पको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गर्नुभएको छ। पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ८ : ४१ बजे