२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


दोलखा भीमेश्वरको शिलामा आयो पसिना



दोलखा। दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजे देखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार, शनिबार दिउँसो ३ः५१ बजे सम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उहाँले बताउनु भयो ।

पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजा सहित पूजाआराधना गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ०५ बजे