१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


आज बिपी स्मृति दिवस



काठमाडौं, साउन ६ गते ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले बिपी पुस्तकालयको उद्घाटन गर्दै हुनुहुन्छ। यसैगरी, मुलुकभर विभिन्न कार्यक्रम तय गरिएका छन् ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जन निर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ ।

बीपी कोइरालाको नेपाली साहित्यका क्षेत्रमा पनि उत्तिकै महत्त्वपूर्ण योगदान छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ५५ बजे