काठमाडौं । सत्तारढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ ।
प्रतिक्रिया