८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


वडा २२ का अध्यक्ष महर्जनले सडकमै गर्न थाले काम



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।

२२ नम्बर वडाका वडाध्यक्ष महर्जनले महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् ।

उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको बताए । धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ५० बजे