८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री केपी शर्मा ओलीले पाए विश्वासको मत



काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागी राखिएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

ओलीको प्रस्तावको पक्षमा १८८ विपक्षमा ७४ र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बसेको संसद बैठकमा २६३ जना सांसद को उपस्थिति रहेको थियो ।

काँग्रेस एमालेले गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्ने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ५६ बजे