८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने



काठमाडौं, ७ साउन २०८१ । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरको कार्यसूची छ । बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ । नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरिएको छ । समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन् ।

संसदमा प्रधानमन्त्री ओलीको यो पहिलो प्रश्नोत्तर हो । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार संसदमा विश्वासको मत लिनुभएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ३३ बजे