८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रतिनिधिसभा बैठक आज पनि बस्दै



काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
सांसदहरूको मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

स्वास्थ्य तथा जनसंख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, डेंगीसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुनेछ । सांसद प्रतिमा गौतमले प्रस्तुत गर्ने उक्त प्रभावमा कुुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लिलादेवी बोखिम लिम्बूले समर्थन गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : २७ बजे