८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाले आज शपथ ग्रहण गर्दै



बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सीँ लामा (तामाङ) को शपथ ग्रहण आज बुधवार हुने भएको छ ।नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०ः४५ बजेबाट सुरु हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता लामालाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सङ्घमा दुई ठुला दल काँग्रेस र नेकपा एमालेबिचको सत्ता साझेदारी अनुसार काँग्रेस र र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा लामालाई मुख्यमन्त्री बनाउन मङ्गलबार दिउँसो प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेस गरिएको  थियो ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गर्नुभएको थियो ।
मुख्यमन्त्री जम्कट्टेल सरकारमा सहभागी एमालेले गत असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उहाँ अल्पमतमा पर्नुभएको थियो ।

२०७९ पुस २५ गते एमाले, राप्रपालगायतका दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेलले यो अवधिमा प्रदेश सभाबाट तीन पटक विश्वासको मत लिनुभएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : २१ बजे