३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु



२०८१ साउन ९ गते । घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा बुधबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

बुधबार बिहान १० बजे घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका वेला अनिता लडेर २०० मिटर तल खस्न गई र घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ३४ बजे