१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रुसी राष्ट्रपति पुटिनद्वारा मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः शुरु गर्ने चेतावनी



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः शुरु गर्ने चेतावनी दिएका छन् । उनले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताका छन्।

पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत संघले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो । तर, अमेरिका र रुसले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिएर एक अर्कामाथि उल्लंघनको आरोप लगाएका थिए ।

पछि रुसले अमेरिकाले विदेशमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म मध्यमदुरीको क्षेप्यास्त्रहरूको उत्पादन शुरु नगर्ने बताएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ३७ बजे