६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


नेकपा एसको बैठक दुई दिन धकेलियो



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै आजको लागि बोलाइएको बैठक सारेको छ । आज बस्ने भनिएको बैठक बुधवारका लागि सारिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

बैठकको तयारी नपुगेको भन्दै सारिएको उहाँको भनाइ छ ।

हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याउँदै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

अहिले २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । आकांक्षी धेरै हुँदा पार्टीले तयार पारेको मापदण्ड अनुसार केन्द्रीय सदस्य छान्न नसकेपछि बैठक सारिएको बुझिएको छ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : १५ बजे