९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मुग्लिङ–मलेखु सडक अवरुद्ध



मुग्लिङ । पहिरोका कारण मुग्लिङ–मलेखु सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

प्रहरी निरीक्षक भण्डारीले पहिरो पन्छाएर सुचारु रूपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको बताउनुभयो । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : ०१ बजे