१ कार्तिक २०८२, शुक्रबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


लोपाेन्मुख चाइनिज सालकको उद्धार



सुलीकोट, साउन २३ गते । गोरखामा लोपाेन्मुख चाइनिज सालकको उद्धार गरिएको छ । मङ्गलबार दिउँसो ३ बजे आरुघाट गाउँपालिका – ९ धमलाचोकको एक स्थानियको घरमा छिरेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोलीले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र सदस्यहरुको रोहबरमा गोरखा नगरपालिका – ९ स्थित टक्सारटारी सामुदायिक वनको सुरक्षित स्थानमा मङ्गलबार ५ बजे लगेर छोडिएको उहाँले बताउनुभयो ।

करीब एक वर्षदेखि डेढ वर्ष उमेर जतिको चाइनिज सालक गोरखामा लगतार परेको अविरल वर्षाका कारण पनि सालक बस्ने दुलोभित्र पानी छिरेकाले पनि बाहिर निस्केर बस्तीतिर पसेको हुन सक्ने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । मुख्य गरी सालक प्रजाति भएको ठाउँ, मान्छे बस्न र खेती गर्न छोडेको ठाउँमा सालक बस्न सक्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : ५१ बजे