६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


पृथ्वी राजमार्ग खुल्यो



चितवन, साउन ३० गते । पहिरोका कारण अवरुद्ध मुग्लिन मलेखु सडकखण्ड तीन घण्टापछि सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा बुधबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरोले पारेको अवरोधलाई पन्छाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : २७ बजे