६ कार्तिक २०८२, बुधबार | Thu Oct 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संसदबाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्वोधन गर्ने



३० साउन, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको प्रतिनिधि सभामा छलफल हुँदैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

संसदमा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्वोधन गर्नेछन् । नेताहरूले सम्वोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसदमा पेस भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ३६ बजे