८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता



३० साउन, काठमाडौं । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समेत खुलेको थियो ।

उनीमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणको थप गहिराइमा पुग्न सहयोग हुने अनुमान गरिएको थियो ।

तर, अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही छैन’, उनले भनेका छन्, ‘त्यसो हुनाले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुस्, चेकको सम्बन्धमा मलाई केही थाहा छैन ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ११ : १२ बजे