६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विस्फोटक पदार्थ पड्किँदा तीन बालबालिका घाइते



फिदिम, भदौ १३ गते। पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाई वर्षकी छोरी प्रिन्सा साँवा र स्थानीय ९ वर्षीय पवन राई रहनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घट्दा दिउँसो साढे दुई बजे भएको हो।

बालबालिका खेलिरहेका बखत ठुलो आवाजमा पड्किएको सुनेपछि भेला भएका स्थानीयले घाइते अवस्थामा भेटेका थिए।

घाइते मध्ये पवन राईको अवस्था सामान्य छ। खेलिरहेका बखत भेटेको फुटबल जस्तो देखिने वस्तु पड्केको घाइते राईले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार घाइते तीनै जनालाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदैछ भने घट्नाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली परिचालन गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १० : ४२ बजे