७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, स्विडिस नागरिकको भएको पुष्टि



पोखरा । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीकाअनुसार स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा मानव अवशेष फेला पारेका हुन् ।

४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त मानव अवशेष ७ महिलाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए । टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ३५ बजे