८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


इजरायलले भारतबाट १५ हजार कामदार लैजाने, तलब झण्डै २ लाख



२७ भदौ, काठमाडौं । इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार भारतीय कामदार माग गरेको छ ।

इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी १० हजार कामदार निर्माण क्षेत्रका लागि र ५ हजार कामदार स्वास्थ्य क्षेत्रका लागि माग गरेको हो ।

ती कामदारको तलब मासिक झण्डै दुई लाख भारू हुनेछ । खान, बस्न फ्री र हरेक महिना बोनस पनि भएकाले कामदारहरुले मनग्य कमाउन सक्नेछन् ।

कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ९ : ४५ बजे