६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


त्रिशूली नदीमा ट्रक खस्यो



नारायणगढ, भदौ ३० गते । भरतपुर २९ मा पर्ने सिमलताल नजिकै ट्रक दुर्घटनामा परेको छ । सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूली नदीको किनारमा खसे पनि पानीमा भने पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाग्रस्त ट्रकका चालक सह चालक अहिलेसम्म सम्पर्कमा छैनन् ।

सो सडकमा अन्य यात्रु भए नभएको पनि खुल्न सकेको छैन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम जारी राखेको छ ।

यस्तै आइतबार बिहानै ६ बजे नारायणगढ मुग्लिङ सडककै गाईघाटमा हाइलसले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्री घाइते भएका छन् । कावासोतीबाट काठमाडौँ जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको हाइसले पैदल यात्रु तनहुँ आँबुखैरेनीका सुकलाल गुरुङलाई ठक्कर दिएको हो । घाइते गुरुङको अहिले भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : १९ बजे