६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍यो : अध्यक्ष प्रचण्ड



काठमाडौं, भदौ ३० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएक छन् ।

आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन् । उनले गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए ।

आइतबार बिहान सोही ५१ बिघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ०० बजे