२५ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


संविधानको अधिकार उपभोग गर्नु पर्छ: प्रधानमन्त्री



काठमाडौँ, असोज ३ गते । नेपालको संविधान २०७२ ले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानले जनताको अधिकारलाई रक्षा गरेको उहाँले सामाजिक सञ्जाल मार्फत दिनुभएको शुभकामनामा उल्लेख गर्नुभएको छ ।

संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको र सबै खाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई यसले संरक्षण गरेको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ। जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन। यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा राम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ। यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ भन्ने शुभकामना सन्देश दिनुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १० : ०४ बजे