३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गुरुकुलका ३३ जनाको सेनाको हेलिकोप्टरबाट उद्धार



सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।

सुनकोसी नदी र रोसिखोलामा आएको बाढीका कारण फसेर शुक्रबार दिउँसोदेखि गुरुकुलमा नै अलपत्र रहेका २८ जना विद्यार्थी र गुरु सहित ३३ जनालाई शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई अहिले सोही ठाँउको गजुली दहमा सुरक्षित रुपमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न जिल्ला सुरक्षा समितिको शनिबार बैठक बसी गृह मन्त्रालयलाई अनुरोध गरिएको थियो । गुरुकुललाई सुनकोसी नदी र रोसी खोलामा आएको बाढीले घेरेपछि बटुर र गुरुहरु फसेका थिए ।

सुनकोसीको बाढीको सतह समेत मन्दिरसम्म आई पुगेपछि उनीहरु भवनको माथिल्लो तलमा बस्दै आएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : २४ बजे