काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज लोकल बन्दा प्रतिकिलो ४५ रुपैँया र भारतीय प्याज प्रतिकिलो ९९ रुपैँया रहेको छ ।
आज गोलभेंडाको मूल्य बढेर १४० रुपियाँ पुगेको छ । हिजो १३५ रुपियाँ रहेको गोलभेंडा ५ रुपियाँले बढेको हो ।
त्यस्तै, चमसुरको साग किलोमा १०० रुपियाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपियाँ पुगेको छ ।
यसदिन हरियो लसुन भने ५० रुपियाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपियाँ थियो ।
प्रतिक्रिया