१६ असार २०८२, सोमबार | Mon Jun 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनी


बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा हिरासतमै आत्महत्या



१२ कात्तिक। बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ ।

दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ०७ बजे