३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विश्वका प्रदूषित सहरको छैटौ स्थानमा आयो काठमाडौं, पहिलोदेखि पाँचौ नम्बरसम्मै एसियाली सहर



काठमाडौं । विश्वका प्रदूषित सहरको सूचीमा नेपालको राजधानी काठमाडौं छैटौ नम्बरमा आएको छ ।

स्विटजरल्याण्डस्थित आईक्यूएअरका अनुसार बिहीवार बिहान काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।

वातावरण विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताउँदा मानिसहरु बिरामी पर्न सक्छन् ।

वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्रमा सबैभन्दा बढी १ सय ६९ एक्यूआई प्रदूषण मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५ र भरतपुको १ सय ६४ एक्यूआई मापन गरिएको छ ।

स्वस्थ वायुमा भने रारा क्षेत्रको वायु १६, हेटौडाको २८ र धनकुटाको ९८ एक्यूआई मापन गरिएको छ ।

आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ ।

दोस्रो स्थानमा छिमेकी देश भारतको राजधानी सहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा एक्यूआई ४२३ भन्दा माथि पुगेको छ ।

तेस्रो स्थानमा भियतनामको हानोई, चौथो स्थानमा भारतकै कोलकता र पाँचौँ स्थानमा बंगलादेशको राजधानी ढाका सहर सबैभन्दा बढी प्रदूषित सहको सूचिमा नेपालभन्दा अघि रहेका छन् ।

चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ । नेपालमा पनि पछिल्लो समय विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढ्ने गरेको छ । केहि दिन अघि दाङको देउखुरीको वायु नेपालको सबैभन्दा खराब रहेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १२ : ४३ बजे