९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी



केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ। आज बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो । साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैले व्यहोर्ने पनि जनाइएको छ । स्मार्ट एप्लायन्सेस् प्रा.लि.को ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो। जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशत सम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो । यस अबसरमा स्काईवर्थका डेप्टी जेनेरल म्यानेजर अमित बज्राचार्यले भन्नुभयो, “हामी रवि अर्यालज्यू लगायत अन्य साप्ताहिक विजेताहरुलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौ । स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि वढ्ने कुरा पनि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।” स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधै प्राथमिकता दिँदै आएकोले हरेक घर-परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको छ 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४७ बजे