७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता पक्राउ



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु पक्राउ परेका छन् । राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताहरू सिंहदरबारबाट प्रहरीले पक्राउ परेको हो । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो ती नेताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेताहरू सांसद् ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा राखेर प्रहरीले लगेको छ। निषेधित क्षेत्र तोडन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।

आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र गुरुङ, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।

पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : २० बजे