७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


पर्वत–चन्द्रागिरि समाजको चौथो बार्षिक साधारण सभा सम्पन्न



पर्वत–चन्द्रागिरि समाजको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाबाट काठमाडौं जिल्लाको चन्दगिरि नगरपालिकामा स्थायी रुपमा बसोवास गर्ने परिवारहरु आवद्ध रहेको यस समाजका साधारण सभा सम्पन्न भएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशिल पर्वत–चन्दागिरि समाजले एक वर्षमा आफुले गरेका विभिन्न सामाजिक गतिविधि तथा भावी कार्यक्रमहरु समावेश गरिएको वार्षिक भित्तेपात्रो समेत सार्वजनिक गरेको छ ।

साथै नव बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा वन भोज कार्यक्रमले पर्वतबाट राजधानीमा आइ बसोवास गरेका मनहरुलाई आपसमा जुट्न सहयोगी भूमिका खेल्ने समाजका अध्यक्ष प्रेम क्षेत्रीले बताउनुभयो ।

यो समाजमा करिव डेढसय जना आजिवन सदस्य रहेका र चन्द्रागिरि नगरपालिकामा पर्वतबाट आई बसोवास गर्ने २ सय घर परिवार आवद्ध रहेका अध्यक्ष क्षेत्रीले बताउनुभयो । समाजले हरेक समय सामाजिक कार्यका साथै सामाजिक विकृत्तिका बारेमा आवाज उठाउँदै आउनुका साथै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको जनाएको छ । कार्यक्रममा पूर्व मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोक सांस्कृती प्रस्तुती समेत भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ५४ बजे