३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्‍यो



राप्रपा नेपालले आज वैशाख १५ गते काठमाडौँमा गर्ने प्रदर्शनको स्थान सारेको छ।

यसअघि उसले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनेको थियो।

तर राप्रपाले विज्ञप्ति जारी गरी अब कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा गर्ने जानकारी गराएको हो।

दिउँसो १स्३० बजे प्रदर्शन सुरु गरिने राप्रपाले जनाएको छ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो।

मिश्रसँगै पक्राउ गरिएका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने गत आइतबार उपचारका लागि भनेर हाजिरी जमानीमा रिहा भइसकेका छन्।

मिश्र, दुर्गा प्रसाईंलगायत भने हिरासतमै छन्।

राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्नुको कारण उल्लेख नगरे पनि भृकुटीमण्डप सरकारले तोकेको निषेधित क्षेत्रमा पर्छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : २२ बजे