१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


हुलाकी राजमार्ग प्रधानमन्त्रीकै कारण बन्न नसकेको आजपा अध्यक्ष साहको आरोप



काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको बताएका छन् । एमालेको मधेस विरोधी सोचका कारण हुलाकी राजमार्ग समयमै निर्माण हुन नसकेको उनले बताए ।

प्रतिनिधि सभाको आज ९सोमबार० बसेको बैठकमा साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग गरेका छन् ।

‘हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । बर्षाका कारण अहिले हिलामय बनेको छ । १० बर्षौदेखी बनाउन शुरु गरिएको सो सडक ठेकेदारले समयमै नबनाउँदा उसमाथि कानून लाग्छ कि लाग्दैन्,’ आजपा अध्यक्ष साहले भने, ‘खासगरी प्रधानमन्त्रीसंग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक, सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ रु सरकारले जवाफ दिनुपर्छ ।’

सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको बर्षौ भए पनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।

यस्तै आजपा अध्यक्ष साहले हिजोराती आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै प्रभावित भएको बताए । बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको र जनजिवन प्रभावित भएको छ ।

आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत दिनुपर्ने माग सरकारसंग गरे । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सूचारु गर्नका लागि उनले सरकारसंग जोडदार माग गरेका छन् ।

‘किसानको आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । बिधुतका पोल ढलेर बिधुत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ आजपा अध्यक्ष साहले भने 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ०१ बजे