१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राजधानीमा यात्रुलाई प्रहरीको निःशुल्क बस सेवा



नेपाल प्रहरीले सोमबार यात्रुको सहजीकरणका लागि दुई वटा बस सञ्चालनमा ल्याएको छ । यातायात व्यवसायीको आन्दोलनले आज सार्वजनिक यातायात सेवा बन्द गरेपछि नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको हो ।

दुई वटा छुट्टाछुट्टै रूटमा चल्ने छन् । नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन ।

पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनः नक्साल घुम्ने छ ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्ने छ ।

यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत सात बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १ : ४७ बजे